मण्डला थिएटरमा ‘मुनमुन’ (तस्बिरहरू)

काठमाडौँ । साहित्यकार तथा लेखक बुद्धि सागरको उपन्यास ‘फिरफिरे’बाट प्रेरित नाटक ‘मुनमुन’ थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।

सम्राट् भुजेलले लेखन तथा निर्देशन गरेका नाटक ‘मुनमुन’लाई श्रीसेस श्रेष्ठले सहनिर्देशन गरेका छन् भने किशोर महर्जनले सङ्गीत दिएका छन् ।

प्रेमका लागि गरिएको त्याग, समर्पण, पर्खाइ र पीडामा आधारित ‘मुनमुन’मा मनीषा ओझा, श्रीशेष श्रेष्ठ, सम्राट् भुजेल, प्रवीण खरेल लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

फागुन ५ गते देखि मञ्चन भएको नाटक यही फागुन २० गतेसम्म मण्डला नाटक घरमा सोमबार बाहेक हरेक दिन साँझ ५:१५ बजेबाट मञ्चन हुनेछ ।

नाटक शनिबार भने दिउँसो १ः३० र साँझ ५ः१५ गरी दुई ‘सो’ मञ्चन हुने थिएटरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *