चोलेन्द्रमाथिको महाभियोग प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन मगाएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त प्रतिवेदनको अवस्था र तत्कालिन सभामुखले गरेको तोकलगायतका विवरण झिकाउन आदेश दिएको हो ।

महाअभियोग सिफारिस समितिको उक्त प्रतिवेदनसहित त्यसबारे सभामुखले लेखेको राय टिप्पणीको प्रमाणितप्रति समेत पेश गर्न सर्वोच्चले आदेश दिएको छ ।

निलम्बित न्यायाधीश जवराको महाअधियोग निस्क्रिय भएको पत्र संसद सचिवालयका महासचिव भरतराज गौतमले दिएपछि उक्त पत्रविरुद्ध सर्वोच्चमा रिट निवेदन परेको थियो ।

कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले जबराको महाभियोगसँग जोडिएका सबै कागजात झिकाउन आदेश दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *