नेपाल विकासको इन्जिन जलविद्युत र पर्यटन हो : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनले यस्तो बताएका हुन् । उनले नेपालमा कृषिको प्रचुर सम्भावना रहेको बताए । उनले नेपालमा पर्यटन विकासको विशाल सम्भावना रहेको पनि बताए ।

उनले पिउने शुद्ध पानीको निर्यात गर्न सकिने बताए । उनले नेपाल सम्पदाको धनी देश भएको उल्लेख गर्दै सबैले हरेक सम्भावनाको क्षेत्रमा मिलेर काम गर्नुपर्ने बताए । उनले दूध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताए । उनले कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशिलाको रुपमा लिएर अघि बढ्न आवश्यक रहेको बताए ।

उनले भने ‘पिउने शुद्ध र अत्यन्त स्वादिष्ट पानीको निर्यात गर्न सकिन्छ । पानी पिउन फ्रान्सबाट पानीको बोतल मगाउनुपर्ने आवश्यकता छैन । नेपालमै उत्पादन गर्नसक्छौँ । कतिपय देशहरूमा निर्यात पनि गर्नसक्छौँ । कृषिको प्रचुरता छ । धेरै हिसाबले नेपाल, धेरै क्षेत्र सम्पन्न छ । नेपाल सम्पदाको धनी देश हो । धनी देश भएपनि जनता गरिब छन्, पछौटे अवस्थामा छन् । युवाहरू बेरोजगार छन् । युवाहरू विदेश पलायन भइरहेका छन् । देशमा रोजगारी छैन । यसको खोजी गर्न आवश्यक छ । नेपालको अर्थतन्त्र उँभो लगाउनु छ भने सबैभन्दा पहिला कृषि उत्पादनमा नेपाल आत्मनिर्भर हुनुपर्छ । कृषिजन्य वस्तुहरू नेपालमा उत्पादन गर्नसक्ने यहीँ गर्ने, विदेशबाट आयात गर्नेकुराको अन्त्य गर्नुपर्छ । सकिन्छ भने निर्यात गरी देशको राजश्वमा योगदान गर्नुपर्छ । दूध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्छ । कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशिलाको रुपमा लिएर अघि बढ्ने हो भने मात्रै देशको अर्थतन्त्र सबल बन्नेछ । नेपालको विकासको इन्जिन दुई वटा क्षेत्र हुन् । एउटा जलविद्युत र अर्को पर्यटन हो । अन्त्यमा गएर पर्यटन नै हुनेछ ।’

अध्यक्ष नेपालले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसका लागि निजगढ विमानस्थल निर्माणमा लाग्नुपर्ने बताए । उनले नारायणहिटी दरबारलाई ग्राण्ड म्युजियमको रुपमा विकास गर्न सरकारले लगानी गर्नुपर्ने बताए । उनले नारायणहिटी दरबारलाई सरकारी अरु निकायहरु राख्ने नभई विश्वभरले अध्ययन गर्ने थलोको रुपमा विकास गर्न जरुरी रहेको बताए । गणतन्त्र सङ्ग्रहालय, जनजाति सङ्ग्रहालय निर्माण गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *