पत्रकारहरूसँगको अन्तरक्रिया

लामिछाने व्यक्तिमात्र होइनन्, सहकारी ठगीमा संलग्न देखिएकाले छानबिन हुनैपर्छ : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेका छन् ।

बुधवार सिंहदरबारस्थित पार्टी संसदीय कार्यालयका कार्यालयमा संसदीय मामिलाका पत्रकारहरूसँगको अन्तरक्रियामा उनले उपप्रधानमन्त्री लामिछाने व्यक्ति मात्रै नभएको र उनको सहकारी ठगीमा संलग्नता देखिएको भन्दै संसदीय छानबिन गर्नुपर्ने पार्टीको अडान कायमै रहेको प्रष्टयाएका हुन्

प्रमुख सचेतक लेखकले सहकारीको रकम हिनामिनाको विषयमा उपप्रधानमन्त्री लामिछाने र समग्रतामा पनि छानबिन गरेर अघि बढ्नुपर्ने उल्लेख गरे । काँग्रेसले उपप्रधानमन्त्री लामिछानेको मात्रै छानबिन नगरेर समग्रतामा छानबिन गरी सहकारी बचतकर्ताको रकमको सुरक्षा गर्नुपर्छ भन्ने स्पष्ट अडान लिएको उनको भनाई थियो ।

नेपाली काँग्रेसले वैशाख २७ गते (भोलि) दिउँसो २ बजे पार्टी संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संविधान सभा भवनको ल्होत्से हलमा बोलाएको छ । प्रमुख सचेतक लेखकले संसदको बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका बारेमा सोही बैठकले आधिकारिक धाराणा सार्वजनिक गर्ने बताए ।

उनले भने यो हिनामिना, अपचलन, दुरुपयोग गर्नेमा संलग्न मानिसहरूलाई कारबाही गर्नु पर्छ । र सहकारीको जुन अभियान छ । यसलाई राम्रो बनाएर लैजानुपर्छ भन्ने कुरामा समिति बनाएर काम गर्ने कुरामा ठिक छ । हामीले त्यो गर्ने नै भनेको छौं, नगर्ने भन्या होइन । तर एक जना व्यक्तिका विरुद्ध लक्षित भन्ने कुरामा त मेरो धेरै टिप्पणी छैन । देशको उपप्रधानमन्त्री व्यक्ति मात्र होइन । देशको गृहमन्त्री व्यक्ति मात्र होइन । त्यसो भएको हुनाले प्रष्ट उहाँको संलग्नता देखिएको हुनाले समग्रतामा हेर्ने कुरा पनि ठिक छ । दुई वटा टिओआर गरौं । एउटा समग्रतामा हेरौँ । र उहाँमाथि पनि प्रश्न उठेको हुनाले त्यसमा पनि छानबिन गर्ने गरेर जाने कुरामा पनि जानुपर्छ भन्ने कुरा मलाई लागि राखेको छ । अव आगामी अधिवेशनमा समग्रतामा हाम्रो भुमिका के हुन्छ ? भन्ने जहाँसम्म कुरा छ ।

हाम्रो भोलि १ बजे संसदीय दल कार्य समितिको बैठक छ बानेश्वरमा । र २ बजे हामी संसदीय दलको बैठक गर्छौं । र भोलीको बैठक हामी अलिकति समय लिएर गर्न खोजिराखेका छौं । किनभने अहिलेसम्म हामीले बैठक गर्दाखेरि अलि हतारमा गर्यौं । बिहान बैठक राख्ने, ११ बजेदेखि संसद बैठक सुरु हुने । केही नेताहरूले बोल्न पाउने, केही नेताहरूले बोल्न नपाउने । त्यसरी बैठक गएको थियो । यसपालि हामीले भोलि २ बजेदेखि बैठक प्रारम्भ गर्ने, ६/७ बजेसम्म बैठक सञ्चालन गर्ने । र केही गरी भोली समयले भ्याएन भने पर्सी बिहान फेरी त्यसलाई कन्टिन्यु गरेर बैठक राखेर बढी भन्दा बढी साथीहरूका बिचारहरू सङ्कलन गरेर हामी त्यसपछि कसरी हाउसमा प्रस्तुत हुन्छांै भन्ने कुरा हामी भोलि अथवा भोलिको बैठकको निरन्तरताको रुपमा पर्सिसम्म हामी निर्णय गछौं ।

हाम्रो आधारभूत विषयमा पनि हामी निर्णय गर्छौं । संसदमा हामीले निर्वाह गर्ने भूमिकाको बारेमा पनि निर्णय गछौं । र त्यो ढंगले हामी जान्छौँ । त्यसो भएको हुनाले मैले साथीहरूलाई अनुरोध गर्न खोजेको भोलि हाम्रो ल्होत्से हलमा मिटिङ छ २ बजे । भोलि सबै साथीहरू ल्होत्से हलमा आई दिनुहोला । र हामी त्यहाँ छलफल बैठक गरेर भोलि साँझसम्म अथवा पर्सी बिहानसम्म हामी आफ्ना धारणा र आगामी सदनमा हाम्रा भूमिकाका बारेमा आफ्नो धारणा प्रष्ट गर्छौं । र त्यही साथीहरूलाई स्पष्ट भइहाल्छ ।’

त्यसै अवसरमा गरी प्रमुख सचेतक लेखकले सरकारले प्रतिपक्षलाई नटेर्ने, हेप्ने गरेको गुनासो पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *