प्रेमप्रसादलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन : ‘अर्को जल्दो शरीर मेरो नहोस्’ (तस्बिरहरू)

काठमाडाैँ । संघीय संसद् भवन नयाँ बानेश्वरअघिकाे सडकमा आत्मादाह गरेका प्रेमप्रसाद आचार्यका जायज मागको समर्थनमा बुधबार माइतीघरमा प्रदर्शन भएको छ ।

विभिन्न संघसंस्था तथा अभियान्ताहरुले आज सरकार विरोधी प्लेकार्ड प्रदर्शन गर्दै दिवंगत आचार्यको जायज मागहरूको समर्थन गरेका हुन् ।

प्रदर्शनकारीहरूले माइतीघरमा भेलाभई नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै र्‍याली निकालेका छन् ।

इलामका आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै मंगलबार नयाँबानेश्वरस्थित सडकमा आफ्नै शरीरमा आगो लगाएर आत्मादाह गरेका थिए । आचार्यको उपचारको क्रममा बुधबार बिहान कीर्तिपुरस्थित बर्न हस्पिटलमा निधन भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *