त्रिविकाे खेलवाड : १ वर्षसम्म परीक्षाफल प्रकाशित नगरेपछि प्रदर्शनमा विद्यार्थी (तस्बिरहरू)

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले बिए तेस्रो वर्ष लगायतका सङ्कायहरूको परीक्षाफल १२ महिनाभन्दा बढी समय भइसक्दा पनि प्रकाशन नगरेको भन्दै कांग्रेस भ्रातृसंगठन नेपाल विद्यार्थी संघले मंगलबार परीक्षा नियन्त्रण कार्यालय बल्खुअघि धर्ना दिएको छ ।
परीक्षाफल समयमा नआउँदा त्यसभन्दा माथिल्लो तहमा भर्ना हुन समस्या भएको, विदेश पढ्न जान समस्या भएको ले समयमै परीक्षाफल सार्वजनिक गर्न त्रिविलाई दबाब दिन धर्ना दिइएको एक सहभागी विद्यार्थीले बताए ।
परीक्षा नियन्त्रकसँग भेटेर कुरा गर्दा पनि उनी सकारात्मक नरहेको ले धर्नामै उत्रिनु परेको नेवि संघले जनाएको छ ।
तस्बिरहरू:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *