म मुख्यमन्त्री हुँदा नेकपा छिन्नभिन्न भएकाले प्रदेशको नाम राख्न सकिन : शेरधन राई

काठमाडौँ । प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शेरधन राईले आफू नेकपा जोडिएको जस्तो देखिएको बेला मुख्यमन्त्री भएकाले प्रदेशको नाम राख्न नसकेको बताएका छन् । नेकपाको बहुमत भए पनि नेकपाभित्र विभिन्न गुट–उपगुट भएका कारण नाम राख्न नसकिएको जिकिर गरे ।

हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा भोजपुरबाट पराजित भएका उनले मकालुखबरसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

तपाईसँग नेकपाकाे स्पष्ट बहुमत हुँदा पनि प्रदेश १ नाम राख्न सक्नुभएन नि भन्ने प्रश्नमा उनले भने, ‘ मेरो पालामा नेकपा जोडिएको मात्र थियो, त्यस कारण नाम राख्न सकिँन् । आफूले वा मुख्यमन्त्री एक्लैले मात्र प्रदेशको नाम राख्न चाहेर संभव नहुने रहेछ । प्रदेशको नाम राख्न नसकेको भनेर विपक्षीले मेरो टाउकोमा दोष खन्याए । यो झुटो अरोप हो । मुख्यमन्त्री त भिम आचार्य र राजेन्द्र राई पनि हुनुभएको हो । खै त उहाँहरुले नाम राख्न सकेको ? मलाई मात्र दोष लगाएर हुन्छ ? यसको पूर्ण जिम्मेवार म मात्र हैन । मेरो पालामा नेकपाको सरकार थियो । तर त्यहाँ पनि विभिन्न गुट र उपगुट भएका कारणले एकता थिएन ।’

उनले थपे, ‘बाहिर हेर्दा नेकपा जोडिएको मात्र थियो तर भित्र छिन्नभिन्न भएको थियो । त्यो कारण प्रदेशको नाम नराख्नुको सम्पूर्ण दोष म लिन चाहन्न । त्यो बेला सहमतिमा राजधानी मात्र टुङ्ग्याउने छलफल भयो । सबै दलमा यो सहमति जुट्यो र माइन्युट गरेर छोडियो । नामबारे औपचारिक सहमति गरेर प्रक्रियामा छिर्न चाहिँ नसकेको हो । दलहरुमा सहमति जुट्न नसकेकाले यो सम्भव भएन । यो जटिल थियो, त्यो कारण मैले जति प्रयास गरे पनि असफल भयो । मैले चाहँदैमा नामाकरण हुने र नचाहँदैमा नहुँने  हुँदैन ।’

कुराकानीका क्रममा राईले आफू पराजित हुनेको दोष गठबन्धनलाई दिएका छन् । गठबन्धनले अफूलाई अनेक आरोप लगाएर चुनावमा हराएको पनि बताएका छन् ।

याे पनि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *