सन्दीपको मुद्धामा पीडित नाबालिग नभएको प्रमाणस्वरुप जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेश

काठमाडौ । बलात्कार मुद्दामा प्रहरी हिरासमा रहेका क्रिकेटर सन्दीप लामिछानेका वकिलहरुले पीडित नाबालिग नभएको प्रमाण अदालतमा पेश गरेका छन् ।
जिल्ला अदालत काठमाडौंमा दुई दिनदेखि जारी थुनछेकको बहसका क्रममा बुधबार सन्दीपका वकिलहरुले पीडित नाबालिग नरहेको प्रमाण पेश गरेका हुन् ।
पीडित भनिएकी र अभियोग लागेका सन्दीप दुवैजनाको बयान इजलासमा सकिएपछि उक्त प्रमाण पेश गरिएको हो ।
उक्त मुद्दामा दुवै पक्षका वकिलहरुले बहस गर्दैछन् । सन्दीपको तर्फबाट बहसमा सहभागी वकिलहरुले पीडित नाबालिग नभएको प्रमाणस्वरुप जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि न्यायाधीशसमक्ष पेश गरेका हुन् ।
अदालतमा पेश गरिएको उक्त प्रमाणपत्रमा पीडित भनिएकी किशोरीको जन्म २०६१ असार १८ गते भएको उल्लेख छ । यसअनुसार पीडित १८ वर्ष ३ महिना पूरा भइसकेको देखिएको छ ।
सम्बधित समाचार
सन्दीपको मुद्दामा आज थुनछेक बहस सकिने सम्भावना न्यून
घिमिरेको इजलासमा सन्दीपको थुनछेक बहस शुरू
सन्दीपको बयान- ‘उक्साहटमा फसाइयो’
सन्दीपको बयान आजदेखि, १२ वर्ष कैद माग
यस्तो छ सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको बयान
सन्दीपको बयान : किशोरीले मलाई अर्को कोठा लिन दिइनन्, एक्लै बस्न डर लाग्छ भनिन् (पूर्णपाठ)








