सन्दीपको मुद्दामा आज थुनछेक बहस सकिने सम्भावना न्यून

काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको मुद्दामा सात जनाले वकिलले बहस गरिरहेका छन् । वहसको क्रम जारी रहेकाले उनको मुद्दामा थुनछेक बहस आज सकिने सम्भावना न्यून रहेको छ ।

नाबालिग बलात्कार अभियोगमा अदालती प्रक्रियामा रहेका क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्ले लगायतले बहस गरेका छन् ।

यसअघि मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । मंगलबार साँझसम्म बयान लिएर सकाएपछि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेर बुधबार थुनछेक बहस भएको हो ।

१७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =