प्रहरीकाे पेन्सन पूरा हुन लाग्ने अवधि घटाउन सरकार सकारात्मक : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्री खाले प्रहरीको पेन्सन प्राप्त गर्न लाग्ने अवधी घटाउन सरकार सकारात्मक रहेको बताएका छन् । प्रहरीको मनोबल उच्च राखी सुरक्षामा समर्पित भएर लाग्न प्रेरित गर्न आवश्यक सुधारका लागि सरकार तयार रहेको उनले बताए । सोमबार प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नागरिकको जीउधनको रक्षा गर्ने राज्यको पहिलो कर्तव्य पालना गर्न नेपाल प्रहरीले स्थापनाकालदेखि भूमिका निर्वाह गर्दै आएको बताए । सीमित स्रोतसाधनका बीच प्रहरीले जनताको सुरक्षा गर्दै आइरहेको जनाउँदै उनले भूकम्प, कोरोना महामारी र प्राकृत्तिक विपत्तिमा उद्धार तथा राहतमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

‘सीमित साधनस्रोतका बीच सरकारले खटाएको स्थान तथा नागरिकलाई अप्ठ्यारो परेको अवस्थामा तत्काल प्रहरी पुग्ने गरेको छ, यसले जनताको रक्षा गर्न महत्वपूर्ण सहयोग पुगेको छ’, उनले भने । आपराधिक गतिविधिमा नयाँ आयाम थपिएको र आपराधिक गतिविधिमा प्रविधिको प्रयोगले सुरक्षा चुनौती थपेको उल्लेख गर्दै गृहमन्त्री खाणले प्रहरीको क्षमता अभिवृद्धि गर्न मन्त्रालयले तत्पर रहेको बताए ।

‘प्रहरीको क्षमता अभिवृद्धि तथा मनोबल बढाउन, प्रहरी कर्मचारीको परिवारको जीवनयापन सहज बनाउन सरकारले काम गरिरहेको छ’, उनले भने, ‘प्रहरी जवान तथा जुनियर अधिकृतको मनोबल बढाउन वृत्तिविकासमा महत्वपूर्ण निर्णय भएका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =