गैर आवासीय नेपालीलाई नागरिकता दिन ऐन संशोधन गराउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गैर आवासीय नेपालीलाई नागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले निकट भविष्यमै उक्त ऐन संशोधन गर्ने बताएका हुन् । गैर आवासीय नेपाली संघ(एनआरएनए)को वार्षिक साधारणसभालाई सम्बोन गर्दै प्रधानमन्त्री देउवालले गैर आवासीय नेपालीलाई नेपाल आगमनमा सहजीकरण गर्ने देखि सम्पत्ति सुरक्षित गर्नेसम्मका कार्यमा सरहारले सहयोग गर्दै आएको समेत बताएका छन् ।

गैर आवसीय नेपालीले नेपालमा पूँजी लगानी गरी देश विकासमा सहयोग उनले आह्वान गरेका छन् । नेपालमा लगानी गर्ने सहजीकरण गर्ने, लगानकिो प्रतिफल उपभोग गर्न सहज बनाउने बताए । हरेक गैरआवासीय नेपालीले नेपालको पहिचान जोगाउन विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न, महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।

गैर आवसीय नेपाली नागरिकले नेपाली उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिनुपर्ने बताए । नेपालको श्रम, सीप र कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगको संरक्षणमा टेवा दिनुपर्ने समेत उनले बताए । चालू आर्थिक वर्षदेखि न्युनतम लगानी सीमा २ करोड रुपैयाँ कायम गरी गैर आवासीय नेपालीले नेपालमा लगानी सहज गरिएको बताए । त्यस्तै, धितोपत्र खरिदमा गैरआवासीय नेपालीलाई प्राथमिकता दिइने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिकता सेयर निष्काशन (आईपीओ)मा १० प्रतिशत सेयर आरक्षित गर्ने व्यवस्था समेत गरिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *