महेश बस्नेतको ‘वाल’ बालेनविरुद्धका पोस्ट मात्र !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र नक्सा पासबिना बनाइएका संरचना हटाउने अभियानबारे नगरप्रमुख बालेन्द्र शाह बालेन र एमाले नेता महेश बस्नेतबीच फेसबुकमा दोहोरी चल्यो ।

बालेन रोकिएका छन् भने बस्नेतले उनीविरुद्धका प्रहार जारी राखेका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काइएपछि नेता बस्नेतले बालेनविरुद्ध त्यही दिन राती २१ः२३ बजे पोस्ट गरेका थिए । त्यो पोस्टमा केही समर्थन धेरै आलोचना खेपेपछि उनले थप दुई स्ट्याटस राखे ।

ती स्ट्याटस पनि मेयर बालेनविरुद्धमै थिए । आफ्नो पोस्टमा आएका कमेन्टमा रिप्लाई गर्न समेट उनले भ्याए । त्यसपछि पनि उनले आफ्नो वालमा बालेन विरुद्धका पोस्टहरू शेअर गरेका छन् । कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्मालाई पनि बालेनको कार्यशैली मन परेन । उनीहरू बालेनको त्यो कार्यशैलीविरुद्ध बोलेपछि उनको भिडिओ पनि नेता बस्नेतले शेअर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =