महेश बस्नेतको अर्काे प्रहार- ‘मेरो सानो स्ट्याटसले भूकम्प गयो त’

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहप्रति सामाजिक सञ्जालमा घोचपेच भइरहेको छ । नेता बस्नेतले मेयर बालेनले बिहीबार बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएपछि सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका थिए ।

बस्नेतले बालेनविरुद्ध तीन स्टाटस् लेखेका छन् । उनले केहीबेर अघि साझा गरेको पोस्टमा आफ्नो सानो स्ट्याटसले भूकम्प गएको टिप्पणी गरेका छन् । ‘कति कमजोर धरातलमा टिकेका रहेछौ नव उद्धारवादी, मवादी र सस्तो लोकप्रीयतावादी साथी हो मेरो एउटा सानो स्टाटसलेनै भूकम्प गयो त,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =