महेश बस्नेतको प्रश्न- अल्फा बिटामाथि डोजर किन चलाएको ?
२०७९ भदौ १० गते

काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महानगरभित्र बनेका भवनहरू नक्सा पासअनुसार भए नभएको अनुगमन गर्दै अवैध संरचना भत्काउने अभियानमा लागेका छन् । बिहीबार नयाँबानेश्वर क्षेत्रको अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचना भत्काइयो ।
सो कम्प्लेक्सको अवैध संरचना भत्काएपछि नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले कडा प्रतिक्रिया जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत महानगर प्रमुख बालेन्द्र शाहलाई अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन चलाएको भनेर प्रश्न गरेका हुन् ।
अल्फा बिटाका सञ्चालक आफूहरुसँग नजिक भएकै कारण वा फोटो खिचाएका कारण डोजर चलाएको भए आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
नेता बस्नेतको स्टाटस :-

२०७९ भदौ १० गते
प्रतिक्रिया
One thought on “महेश बस्नेतको प्रश्न- अल्फा बिटामाथि डोजर किन चलाएको ?”
Leave a Reply Cancel reply
सम्बन्धित









यसरी पुजिपति राष्टरघाति दलाल को सपोर्टमा देशअर्थराजनिति नियम कानुन को धज्जि उडिरहेकोमा धेरै दु:खलागछ