बालेनको भिडिओ सेयर गर्दै काँग्रेस सचेतकले भने- कठै हाम्रो देशका जनप्रतिनिधि
२०७९ भदौ १० गते

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।
अल्फाबिटाको अवैध संरचना अनुगमनका क्रममा सञ्चालक द्विप शर्मासँग झोक्किएको बालेनको भिडिओ सेयर गर्दै उनले उनको कार्यशैलीप्रति प्रश्न गरेका हुन्छ ।काँग्रेस सचेतक विश्वकर्माले संरचना भत्काउन जानेले पनि हातमा नक्सा लैजानुपर्ने भनेका छन् ।
महानगरका जनताले ताइबाट उफ्री भुङ्ग्रोमा जस्तो नियति भोग्नुपरेको बताउँदै उनले बालेनप्रति अपसोससमेत व्यक्त गरेका छन् ।
२०७९ भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित








