अस्थायी र करार कर्मचारीलाई स्थायी बनाउन काँधमा काँध मिलाएर लड्छाैँ : प्रचण्ड

काठमाडौँ । सत्तारूढ गठबन्धन दल नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थायी र करार कर्मचारीलाई स्थायी बनाउन लड्ने बताएका हुन् ।

अखिल नेपाल सरकारी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको राजधानीमा शुक्रबार सुरु भएको चौँथोँ राष्ट्रिय सम्मेलनको उद्‌घाटन सभामा बोल्दै प्रचण्डले कर्मचारीलाई स्थायी गराउन काँधमा काँध मिलाएर लड्ने बताएका हुन् ।

उनले भने, ‘अहिले तपाईंहरूले अन्य कर्मचारी सरह स्वतः स्थायी हुने माग राख्नु भएको छ । त्यो पूरा हुनुपर्छ भनेर तपाईंहरूसँग काँधमा काँध मिलाएर हामी पनि लड्छौँ । म यो विश्वास तपाईंहरूलाई दिलाउन चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *