गर्भपतनपछि महिलाको मृत्यु प्रकरण : हत्याको आरोपमा श्रीमान पक्राउ

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका ५ मा एक महिलाको मृत्यु भएको विषयलाई लिएर प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका ५ की मनिला बुढाथोकीको गर्भपतन गराएको ३ दिनमै असामान्य मृत्यु भएपछि माइती पक्षले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको हो ।

माईती पक्षले मनिलाको हत्या गरेको भन्दै दिएको किटानी जाहेरीका आधारमा उनका श्रीमान ३४ बर्षीय कोईन्द्र लुईटेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले जानकारी दिए । साउन २३ गते गर्भपतन गराएकी मनिलाको २६ गते मृत्यु भएको थियो ।

गर्भपतन गराएपछि अत्याधिक रक्तश्राब भएर विराट मेडिकल कलेजमा उपचारको लागि ल्याएको भनिएकी महिलाको उपचारकै क्रममा मृत्यु भएको परिवारले बताउँदै आएको छ । माईती पक्षले भने उनको हत्या भएको जनाएको छ । माईती पक्षले कर्तब्य गरि हत्या गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले लुईटेललाई पक्राउ गरेको जनाएको छ। मनिलाको पछाडिको भागमा तथा घाँटीमा पनि नीलडाम रहेको भन्दै परिवारले हत्या गरेको माईती पक्षको आरोप छ । मृतकका मामा होमबहादुर खड्काले हत्या नै भएको आरोप लगाए ।

मनिलाको घाँटी, पिठ्यूँ लगायतको स्थानमा निलो दाग रहेकोले उनले बताए । शबको आइतवार नै पोस्टमार्टम भएकोले रिपोर्ट आएपछि धेरै कुरा थाहा हुने डिएसपी राईको भनाई छ । पक्राउ परेका लुईटेलमाथि अनुसन्धान थालेकोले सुनसरी जिल्ला अदालतमा कर्तब्य ज्यानमा म्याद थपको तयारी भईरहेको डिएसपी राईले बताए ।

गर्भपतन गराएको ३ दिनमै महिलाकाे मृत्यु, माइतीले दिए प्रहरीमा उजुरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *