गाईजात्रा : कसैका लागि हर्ष, कसैका लागि पीडा ! (भिडिओसहित)

काठमाडाैँ । गाईजात्रा पर्व सबैका लागि हर्ष र खुसी हाेइन, केहीका लागि याे पीडा पनि हाे । उनीहरूका लागि पीडा; जाे-जाे सानै छन्, जाे-जाे अशक्त छन् र जाे-जाे वृद्ध/वृद्धा भइसके । यसपटककाे गाईजात्रामा याे क्रम खुबै देखियाे । काेही खुसी र हर्षले उफ्रिरहेका थिए भने काेही चेपिएर राेइरहेका थिए, काेही ठाेक्किएर कराउँदै थिए र काेही चुपचाप सहिरहेका थिए । जे हाेस् भीडभित्र यस्ता पीडितहरू प्रशस्तै भेटिन्थे ।

हुन पनि भीडचाहिँ थामिनसक्नु नै थियाे । त्यही भीडले महिला, बालबालिका र वृद्ध/वृद्धाहरूलाई समस्यामा पार्‍याे । जात्रामा सहभागी निरुता मोक्तान भन्छिन्, ‘बढी भीड भयाे । यसका कारण महिला, बालबालिका र वृद्ध/वृद्धा  नभनीकन  ठेलमठेल गर्ने, कुल्चिनेजस्ता कार्य गरियाे । गाईजात्रा पनि हाम्राे लागि रहेनछ ।’

माेक्तान गाईजात्रा पहिल्यैदिख मनाउँदै आएकाे र त्यसकाे मिति नजिकिँदा खुसी छाउने भएपनि आफूअनुकूलकाे व्यवस्था र वातावरण नहुँदा निराश छिन्, भन्छिन्— ‘खुसी त लाग्छ नि ! तर, के गर्नु र खै, हामीलाई त कुल्चेर मार्छन् । हामीलाई त पीडा पाे छ त !’

यसपटककाे गाईजात्रामा काठमाडाैँ उपत्यकावासी मात्रै थिएनन्, उपत्यकाभन्दा बाहिरी जिल्लाका र  विदेशी पर्यटकसमेत सहभागी भए । त्यसाे त स्वाभाविकरूपमा भीड हुनै नै भयाे । तर, भीडले खासगरी अशक्त र वृद्ध/वृद्धाहरूलाई सास्ती भने अस्वाभाविक खालकै दियाे । भक्तपुर लक्ष्मीनारायण शिल्पकारकाे भनाइ छ, ‘यहाँ बाह्रै महिना जात्रा हुन्छ । कहिले के जात्रा, कहिले के जात्रा; भक्तपुरकाे जात्राहरूमध्ये सबैभन्दा हेर्नलायक जात्रा नै गाईजात्रा हाे । त्यसाे हुँदा पनि बढी मान्छेहरू सहभागी हुन्छन् र भीड अत्यधिक हुन्छ । त्यसले विशेषगरी अशक्त र वृद्ध/वृद्धाहरूलाई समस्यामा पार्छ ।’

कहिलेकाहीँ त हृष्टपुष्ट मान्छेहरूलाई समेत समस्या पार्ने अनुभव शिल्पकारकाे छ । भन्छन्—  ‘के काे अशक्तहरूलाई मात्रै, कहिलेकाहीँ त हृष्टपुष्टहरूलाई पनि समस्यामा पार्छ । बीचैमा पुगेकाे हुन्छ । कसरी निस्कने-निस्कने हुन्छ । याे समस्याहरू भइ नै रहेका हुन्छन् ।’ नाम बताउन नचाहने भीडमा भेटिएका एक वृद्धले भने, ‘आउन मन लाग्छ, आइन्छ । तर, यसरी समस्या पार्छन् । मलाई कतिले त कुल्चिए, धकेले । कतिठाउँ त ढलेँ पनि पाे !’

उनी वृद्ध/वृद्धाहरूकाे सुरक्षाका लागि सरकारले नै काम गरिदिनुपर्ने बताउँछन् । उनकाे माग छ— हामीजस्ताहरूका लागि सरकारले नै व्यवस्थापन गराेस् । अनि मात्रै हामी सुरक्षित हुन्छाैँ ।

०००

काठमाडाैँमा विसं १६७१ देखि १६७१ सम्म मुलुकमा राज्य गरेका प्रताप मल्लले छोरा चक्रवतेन्दको मृत्यु शोकमा डुबेकी रानीलाई सम्हाल्न र सान्त्वना दिन गाईजात्राको प्रचलन ल्याएका थिए । यस जात्रामा गएका वर्षहरूमा प्रियजन गुमाएका परिवारले मृत व्यक्तिको तस्बिरसहित रथ निकाल्ने प्रचलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *