टेबल–टेबलका शासन अन्त्य गरेर जनतालाई चुस्त सेवा दिन प्रधानमन्त्रीको निर्देशन

कानुनले सुविधा दिएका बोहकका कर्मचारीलाई सवारी साधान र इन्धन तत्काल बन्द गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेबल–टेबलमा हुने शासन अन्त्य गर्न निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरुको बैठक बोलाई प्रधानमन्त्रीलाई जनताले सरकारबाट पाउने सुविधा सहज र चुस्त रुवमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

‘तपाईंहरुले सरकारी कार्यालयका टेवल टेवलका शासन आजैदेखि बन्द गराउनुहोस्,’ प्रधानमन्त्रीले निर्देशन दिँदै भने, ‘जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रुपमा काम गर्नुहोस् ।’

प्रधानमन्त्रीले कानुन बमोजिम सुविधा पाउने बाहेकका कर्मचारी वा अन्य पदाधिकारीलाई सवारी साधान सुविधान र इन्धन नदिन पनि निर्देशन दिएका छन् ।  इन्धनको मूल्य वृद्धिसँगै यसले मुलुको विदेशी मुद्रामा असर गरिरहेका बेला उनले कानुनले तोके बाहेकका सरकारी कर्मचारीलाई सवारी साधानको सुविधा पाए नपाएको लगत हेरर कटौती गर्न निर्देशन दिए ।

त्यस्तै प्रधानमन्त्रीले ६ महिनाभित्र तरारी तथा फलफुल र एक वर्षभित्र खाद्यन्नमा आत्मनिर्भर हुनेगरी सम्पूर्ण तयारी गर्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । विद्युत खपत बढाउने, निर्यातलाई प्रवरद्र्धन गर्ने लगायतका कामहरु सबै मन्त्रालयले योजना बनाएर अघि बढ्न पनि प्रधानमन्त्रीको निर्देशन छ ।

उक्त बैठकमा सरकारका सबै मन्त्रीहरुले आर्थिक बर्षको बजेट र यसको कार्यन्वयनका विषयमा धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 3 =