बञ्चरेडाँडाका स्थानीयबासीले उपत्यकाको फोहोर बञ्चरेडाँडामा लान नदिने

काठमाडौं । स्थानीयबासीले उपत्यकाको फोहोर बञ्चरेडाँडामा लान नदिने भएका छन् । ल्याण्डफिल साइट बञ्चरेडाँडाका स्थानीयबासीले आगामी भदौ १ देखि काठमाडौं उपत्यकाको फोहोर सधैँका लागि बिसर्जन गर्न नदिने घोषणा गरेका छन्।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै सिंहदरबार र बागदरबारले सहमति कार्यान्वयनमा नगरेर षडयन्त्र गरेको भन्दै ल्याण्डफिल साइट सरोकार समितिले यस्तो घोषणा गरेको हो।

समितिका संयोजक श्रीराम ढुंगाना र उप संयोजक सनत उप्रेतीले ८ पृष्ठ लामो विज्ञप्ति जारी गर्दै उक्त घोषणाबारे जानकारी दिएका हुन्।

ल्याण्डफिल साइट सरोकार समितिका संयोजक ढुंगानाका अनुसार बुधबार सहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेर ज्ञापनपत्र बुझाइएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =