विशेष संसदीय समितिले गृहसँग माग्याे सिंहदरबारका २ गेटकाे सिसिटिभी फुटेज
२०७९ साउन ८ गते

काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय समितिको बैठक सिंहदरबारमा बसेको छ ।
आइतबार बसेको बैठकले सिंहदरबारका २ ढोका (गेट)को सिसिटिभी फुटेज मगाउने निर्णय गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
समिति सचिव सुरेन्द्र अर्यालका अनुसार समितिले सिंहदरबारकाे दक्षिण र पश्चिमी गेटकाे सिसिटिभी फुटेज मगाउने निर्णय गर्दै गृहलाई पत्राचार गरेकाे हाे । समितिको अर्को बैठक सोमवार बिहान ८ बजे बस्ने अर्यालले जानकारी दिए ।
११ सदस्यीय विशेष संसदीय समितिले यसअघि पाएको १० दिनको समयमा अनुसन्धान सम्पन्न नभएपछि समयावधि थप गरेको छ ।
२०७९ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








