सद्भावना पार्टीमा फर्किइन् सरिता गिरी
२०७९ साउन ७ गते

काठमाडाैँ । पूर्व मन्त्री एवम् निवर्तमान सांसद सरिता गिरीले नेपाल सद्भावना पार्टीमा सक्रिय हुने बताएकी छन् ।
शनिवार काठमाडौँमा पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले पार्टीमा स्वागत गरेपछि गिरीले आफू पुरानो घरमा फर्किएको भन्दै खुसी व्यक्त गरिन् । गिरीले आफूले कहिल्यै पनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको दाबी गरिन् ।
गिरीले मधेस, नेपाल र संघीयता भन्ने चीज रहेसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहने दाबी गरिन् । उनले ढिलै भए पनि नागरिकता विधेयक आएको भन्दै अहिले पनि नागरिकताको नाममा महिलामाथि विभेद कायमै राखिएकोमा भने गुनासो गरिन् ।
त्यस्तै उनले आफूहरूकै नेतृत्वमा समतामूलक समाज बन्ने दाबी पनि गरिन् ।
२०७९ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








