बाबुरामको गृह जिल्लामा औपचारिक रूपमै फुट्याे जसपा, भेलाका लागि समिति गठन
२०७९ साउन ३ गते

पोखरा। जसपाका पूर्व संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृह जिल्ला गोरखामा जसपा औपचारिक रूपमा अलग्गिएको छ ।
जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले पार्टी पुनर्गठनका लागि भन्दै जिल्ला भेला आयोजक समिति गठन गरेका छन् । भट्टकै संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको हो ।
मंगलबार एक बैठक बसेर पार्टी पुनर्गठनको निर्णय गरेको हो । भट्टले जिल्लाका सबै निकाय र समिति स्वतः भेला आयोजक तथा निकायमा रूपान्तरण भएको बताए । योसँगै जसपाबाट उनीहरू अलग्गिने तयारी गरेका छन् ।
२०७९ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








