रवीन्द्र मिश्रकाे दस्तावेज ‘विचारभन्दा माथि देश’ पुस्तकका रूपमा प्रकाशन हुने

काठमाडाैँ । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रकाे राजनीतिक दस्तावेज ‘विचारभन्दा माथि देश’ पुस्तकका रूपमा बजारमा आउने भएकाे छ । २०७८ साउन ११ गते पार्टीमा राजनीतिक दस्तावेजका रूपमा मिश्रले ल्याएका दस्तावेज पुस्तकका रूपमा आउने भएकाे हाे । पुस्तक चाँडै बजारमा आउने उनले मंगलबार विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

‘विचारभन्दा माथि देश’मा मिश्रले सङ्घीयता खारेजी र धर्मनिरपेक्षतामाथि जनमत सङ्ग्रहकाे माग उठाएका छन् । मिश्रकाे याे दस्तावेज पार्टी केन्द्रीय समितिकाे बहुमतले पारितसमेत गरेकाे थियाे । तर अहिले भने मिश्रले अध्यक्ष पदबाट राजीनामा दिइसकेका छन् । पछिल्लाे स्थानीय तह सदस्यको निर्वाचनमा पार्टीलाई अपेक्षाकृत नजिता दिलाउन नसकेको भन्दै अध्यक्ष मिश्रले गत जेठ ११ गते पदबाट राजीनामा दिइसकेका छन् ।

यसपछि मिश्रले आफ्नाे दस्तावेजलाई पुस्तकका रूपमा सार्वजनिक गर्न लागेका हुन् । यही दस्तावेजका कारण अहिले विवेकशील साझा दुईटुक्रा भएकाे थियाे । संयाेजक मिलन पाण्डे पक्षले भने याे दस्तावेजकाे काउन्टर दस्तावेजसमेत ल्याएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 18 =