कांग्रेसलाई गठबन्धन गर्दा पनि डर, नगर्दा पनि डर !

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावसम्मै गठबन्धनको पक्षमा स्पष्ट विचार राख्दै आएका छन् । वर्तमान संविधानअन्तर्गत कुनै पनि पार्टीको बहुमत आउन सम्भव नभएकोले गठबन्धनलाई प्रदेश र संघको निर्वाचनसम्म नै निरन्तरता दिनुपर्छ भन्ने सोच उनले अघि सारेको देखिन्छ ।

जारी केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीतिका विषयमा छलफल भइरहेको छ । सभापति देउवा आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेलको पक्षमा उभिँदा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका शीर्षस्थ नेता पनि तालमेलको पक्षमा छन् ।

नेताहरुमा गठबन्धन गर्दा पनि डर, नगर्दा पनि डरको स्थिति छ । गठबन्धन नभए हारिने तर्क केही नेताहरुको छ भने केहीले गठबन्धन कायम रहे आफ्नो क्षेत्रको सिट गुम्ने चिन्ता व्यक्त गरेका छन् । बैठक जारी रहँदा नेताहरुको मत बाँझिएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कसरी जाने भन्नेबारे कांग्रेसले निर्णय गरिसकेको छैन ।

गत मंसिरमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनबाट इतर समूहको नेतृत्व गरेका नेता डा. शेखर कोइराला गठबन्धको विपक्षमा देखिएपनि पछिल्लो अभिव्यक्ति स्पष्टछैन । कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलका पक्षमा उनका धारणा आउन थालेका छन् ।

गठबन्धन संसदीय लोकतान्त्रिक पद्धतिको लागि अनिवार्य विषय होइन आवश्यक वा बाध्यताको उपज हुनसक्छ । यसो भन्दैमा निर्वाचनमा गठबन्धन गर्दा कांग्रेसलाई अल्पकालीन फाइदा त हुनसक्ला तर दीर्घकालीन रूपमा यसले नेपालमा कम्युनिस्ट विस्तारलाई मलजल गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =