भृकुटीमण्डप आगलागीबारे गृहमन्त्रीले खाेले मुख : घटनाकाे छानबिन गर्ने भनाइ

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले भृकुटीमण्डपमा भएको आगलागीको कारणबारे छानबिन हुने बताएका छन् । त्यस्तै, उनले आगलागीबाट अपाङ्ग कोषको सामान जलेर नष्ट भएको भन्दै सरकारले सहयोग गर्ने बताएका हुन् ।

आइतबार आगलागी भएको स्थानको निरीक्षण गर्दै गृहमन्त्री खाँणले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत अपाङ्ग कोषलाई आवश्यक सामाग्री हस्तान्तरण गर्ने बताए । आगलागीका कारण कोषको पुस्तकहरू र समाज कल्याण परिषद्का सामाग्रीहरू नष्ट भएको उनको भनाई छ । उनले कसरी आगो लाग्यो भन्ने थप छानबिन हुने जिकिर गरे ।

निरीक्षणका क्रममा उनले परिषद् र कोषका पदाधिकारीसँग छलफल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *