उपसभामुख भुसालले गरिन् शपथ ग्रहण

काठमाडाैँ । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले शपथ ग्रहण गरेकी छन् । उनले आइतबार अपराह्न राष्ट्रपति कार्यालय शीतलनिवासमा आयाेजित एक कार्यक्रमबीच शपथ ग्रहण गरेकी हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकाे उपस्थितिमा सभामुख अग्निप्रसाद सापकाेटाले शपथ ग्रहण गराएका हुन् ।

भुसाल ३१ गते उपसभामुखमा निर्वाचित बनेकी हुन् । झन्डै ३ वर्षयता रिक्त उपसभामुख पदमा भुसाल एमालेकी विद्या भट्टराईलाई ५५ मतले पराजित गर्दै निर्वाचित बनेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *