थप १ सय ३५ जनामा कोरोना संक्रमण, १ हजार ४३९ आइसोलेसनमा
२०७९ साउन १ गते

काठमाडौँ । नेपालमा थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ४ सय ७३ पिसिआर परीक्षणका क्रममा १ सय १४ जना र १ हजार ५ सय ६८ एन्टीजेन परीक्षणका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५३ जनाले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै थप ५९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार १६ जना निको भएका छन् ।
हाल नेपालमा १ हजार ४ सय ३९ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ साउन १ गते
प्रतिक्रिया








