प्रचण्डले अवलाेकन गरे भाजपा मुख्यालय (तस्बिरहरू)
२०७९ साउन १ गते

काठमाडाैँ । भारत भ्रमणमा रहेका सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयकाे अवलाेकन गरेका छन् । दिल्लीस्थित भाजपाकाे कार्यालय उनले आइतबार दिउँसाे अवलाेकन गरेका हुन् ।
उनलाई भाजपा अध्यक्ष जगतप्रकाश नड्डा, विदेश विभाग प्रमुख एस जयशंकरलगायतले अवलाेकन गराएका हुन् । अवलाेकनपछि प्रचण्डले भाजपाकाे कार्यालय व्यवस्थापन देखेर आफू उत्साहित भएकाे बताएका छन् । ‘भाजपाकाे पार्टी कार्यालयकाे व्यवस्थापन हेरेर खुसी भएँ, उत्साहित भएँ,’ उनले भनेका छन् ।
तीनदिने भ्रमणमा निस्केका उनी आजै अपराह्न स्वदेश फर्किँदैछन् ।

२०७९ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित








