विष्णु रिजालले देखेको बहसको विषय

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले देशको अर्थतन्त्र निकै कमजोर हुनुमा बहस आवश्यक रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गर्दै यस्तो बताएका हुन् ।

पुँजीगत बजेट जम्मा ५७.१८ प्रतिशत खर्च हुनु अत्यन्त चिन्ताजनक भएको रिजालको भनाई छ । ‘राज्यको खर्च गर्ने क्षमता थप कमजोर भएको छ । पुँजीगत बजेट जम्मा ५७.१८ प्रतिशत खर्च हुनु अत्यन्त चिन्ताजनक छ । त्यसमा पनि ठूलो मात्रामा बेरुजु हुन्छ, असारे विकास त छँदैछ,’ उनले भनेका छन्, ‘अघिल्लो वर्ष कोभिड महामारीका बेलासमेत ६४.६९ प्रतिशत पुँजीगत खर्च भएकोमा यसपटक त्यसबाट पनि घटेको छ ।’

उनले अघिल्लो सरकारलेभन्दा वर्तमान सरकारले पुँजीगत बजेट कम छुट्याइएको बताए । ‘एक त पुँजीगत बजेट नै न्यून छुट्याइन्छ– गत वर्ष पुँजीगत बजेट जम्मा २२.७ प्रतिशत छुट्याइएको थियो भने यस वर्ष अझ कम अर्थात् २१.२ प्रतिशत मात्र छुट्याइएको छ । त्यही न्यून रकम पनि खर्च गर्न नसक्दा कसरी विकासले फड्को मार्छ ? कसरी ठूला आयोजना बन्छन् ?’ प्रश्न गर्दै भने ।

उपप्रमुख रिजालले घोषित रूपमा श्रीलङ्का बनोस् वा नबनोस्, स्थिति त्यसभन्दा के फरक नभएको तर्क गरे । ‘विदेशीसँग हात थापेर, नागरिकलाई निचोरेर, अनुदान पाएर र तलबभत्ता खाएर बचेको रकम पनि विकासमा खर्च गर्न नसक्ने मुलुकले आर्थिक रूपमा छलाङ मार्छ भन्दा कसले पत्याउँछ ? घोषित रूपमा श्रीलङ्का बनोस् वा नबनोस्, स्थिति त्यसभन्दा के फरक छ र ?’ उनले अगाडि भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =