वामपन्थी हौ भने पहिले कांग्रेसको पुच्छर छाडेर आऊ : केपी ओली (भिडिओ)

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता चाहने भए कांग्रेसको गठबन्धन छाडेर आउन चूनौति दिएका छन् ।
नेपाल चीन हिमालय मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले साच्चिकै बामपन्थी हो भने कांग्रेसको साथ छाडेर बामपन्थी एकतामा आउन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई चूनौति दिएका हुन् ।
उनले कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउँनका लागि अदालतमा मद्दा हाल्न पनि बामपन्थी भन्नेहरु नै अदालत गएको जिकिर गरे । गठबन्धनभित्रै बसेर वामपन्थी भनेर एकताको कुरा गर्न नसुहाउने उनले बताए । ओलीले एमालेसंग मिलेर देश, लोकतन्त्र र मुलुकका लागि काम गर्ने सरकार बनाउन समेत आह्वान गरे ।
अध्यक्ष ओलीले बिगतमा भएका गल्ती कमजोरीलाई सच्चाउदै राषि्ट्रय हितलाई सर्वोपरि राखेर दलहरु अघि बढ्नुपर्ने बताए । ओलीले एमसीसीका नाममा आफुलाई बद्नाम गर्ने कोशिस भएको भन्दै आफुले देश र जनता बिपरित कुनै पनि काम नगर्ने स्पष्ट पारे । राष्ट्रियताका बिषयमा संसदमा छलफल हुुनुपर्ने भएपनि संसदले राष्ट्रियता आकाक्षां बिपरित अंकगणितिय अभ्यासमा काम गरेको तर्क गरे । उनले वर्तमान गठबन्धन स्वार्थका लागि भएको र एउटा काम पनि देश र शुसासनका लागि गर्न नसकेको बताए ।









