आफूलाई पराजित गरेर उपसभामुख बनेकी पुष्पालाई विद्याकाे ‘हग’ (भिडिओसहित)

काठमाडाैँ । प्रतिनिधि सभाकाे उपसभामुख पदमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छन् । गठबन्धनकाे तर्फबाट उपसभामुख पदकाे उम्मेदवार बनेकी उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की उम्मेदवार विद्या भट्टराईलाई ५५ मतले पराजित गरेकी हुन् ।
आजकाे प्रतिनिधि सभा बैठकमा २४२ सांसदहरूकाे उपस्थिति रहेकाे थियाे । जसमा पुष्पाकाे पक्षमा १४८ मत खस्दा विद्यालाई ९३ मत मात्रै मिल्याे । यस्तै १ मत तटस्थमा खसेकाे छ । यसपछि सभामुख अग्निप्रसाद सापकाेटाले मत विभाजनकाे परिणाम सुनाए ।
परिणाम सुने/सुनाइएसँगै नवनिर्वाचित उपसभामुख पुष्पालाई बधाई दिने तथा शुभकामना व्यक्त गर्ने कार्यक्रम संसद्भित्रै चल्याे । त्यसक्रममा पुष्पा र विद्याबीच पनि भेट भयाे । भेटमा विद्याले पुष्पालाई ‘हग’ गरिन् ।
त्यसक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, एमाले संसदीय दलका उपनेता एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतका नेताहरूले पनि बधाई दिन्छन् ।
हेर्नुस् भिडिओ:








