राप्रपालाई ‘गाई’ चिह्न नदिने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश
२०७९ असार ३१ गते

काठमाडाैँ । सर्वोच्च अदालतले राप्रपा नेपाललाई गाई चुनाव चिह्न नदिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
थापाले बिहीबार चुनाव चिह्न ‘गाई’ माग्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले शुक्रबार अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफल गर्न आयोग र रिट निवेदक दुवै पक्षलाई साउन ४ गते बोलाएको छ ।
कमल थापाले संविधान र कानुनले ‘गाई’ चिह्न निषेध नगरेको बताउँदै कमल थापाले विगतमा राप्रपा नेपालले साेही चिह्नबाट चुनाव लडेकाले राप्रपा नेपाललाई ‘गाई’ नदिने निर्वाचन आयोगको निर्णय कानुन विपरीत र स्वेच्छाचारी भएकाे जिकिर गर्दै आएका छन् ।
२०७९ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








