१३ बुँदे मागसहित राप्रपाको महिला संगठनले बुझायो गृहमन्त्रीलाई ज्ञापन

काठमाडौँ । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएको छ । संगठनले आज महिला हकहित, अधिकार, महिला हिंसा र सुरक्षासँग सम्बन्धित विभिन्न १३ बुँदे माग राख्दै गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको हो ।

असार १३ देखि राप्रपा चरणबद्ध आन्दोलनमा रहेको छ । राप्रपाको केन्द्र, जिल्ला, प्रदेश र विभिन्न भातृ संगठनहरु असार १३ गते, असार १७ गते, असार १९ गते, असार २२ गते र असार २४ गते, असार २७ गते सडकमा ओर्लिसकेको छ । यस क्रममा महिला संगठन पनि आफ्नो सरोकारका विषयलाई लिएर आन्दोलित भएका हुन् । गत असार १ गते विभिन्न २२ सूत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू पूरा गराउन सरकारलाई दबाब सिर्जना गर्न निरन्तर आन्दोलनमा होमिएको हो ।

राप्रपाले किसानलाई रासायनिक मलको सहज आपूर्ति गरिनुपर्ने, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि नियन्त्रण हुनुपर्ने, दैनिक उपभोग्य खाद्यवस्तुको अनियन्त्रित महँगीको अनुगमन र नियन्त्रण हुनुपर्ने, कालोबजारी नियन्त्रण हुनुपर्ने, महारोगको रूपमा फैलिएको भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, ०४७ पछिका उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्ने, बेरोजगारी समस्या समाधान गरिनुपर्ने, रोजगार सिर्जनाका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाउनुपर्ने लगायत जनजीविकासँग सम्बन्धित विविध माग राखेको छ ।

यसको अलावा राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, सङ्घीयताको खारेजी, राष्ट्रप्रमुखको रूपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचन मै मतदान गर्न पाउनुपर्ने व्यवस्था, प्रदेश र संघको निर्वाचनलाई निष्पक्ष बनाउन निष्पक्ष चुनावी सरकारको गठन लगायतका विभिन्न २२ बुँदे माग राख्दै राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्रमा बुझाएको थियो । राप्रपाले पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेर देशव्यापी आन्दोलन गरिरहेको छ ।

हेर्नुहोस् ज्ञापनपत्र र मागहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =