पार्टीलाई बलियाे बनाउँदै अघि बढ्नुपर्नेमा कांग्रेस सदस्यहरू एकमत

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिमा बिहीबार पनि सदस्यहरूले पार्टीलाई मजबुत बनाउँदै अघि बढाउनुपर्ने धारणा राखेका छन् ।

बिहीबार धारणा राख्ने केन्द्रीय सदस्यहरूले पार्टीलाई बलियो बनाएर निर्वाचनमा जानुपर्ने, भातृसंस्थालाई पूर्णता दिएर क्रियाशील बनाउनुपर्ने, निर्वाचनमा सफलता हासिल गर्न तालमेलको रणनीति लगायतका विषयमा जोड दिएको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।

बिहीबार परराष्ट्र मन्त्री नारायण खड्काले सरकारको कामकारबाहीको बारेमा जानकारी गराएका थिए । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले राम्रो काम गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको उपस्थिति बलियो भएको बताएका थिए ।

उपसभामुखको चयन तथा विधेयक लगायतका विषयमा छलफल गर्नुपर्ने भएकाले बैठक केही दिन लम्बिने प्रवक्ता महतले बताए ।

बैठकमा कांग्रेस नेता बिमलेन्द्र निधिले गठबन्धन र चुनावी तालमेल फरक विषय भएको भन्दै कांग्रेसलाई सफल बनाउन पार्टीलाई एकताबद्ध गरेर अघि बढाउन सुझाव दिएको बताए ।

पार्टीभित्र असन्तुष्टि जनाउनेलाई पनि साथमा लिएर आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेको उनको भनाई छ ।

बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिका साथै मुलुकको आर्थिक समस्यालाई समाधान गर्नका लागि पनि कांग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएको निधिले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =