एमालेले हाउसबाटै माग्यो लेखा समितिको सभापति

काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभा (हाउस)बाटै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदमा सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सांसद रहेको भनी प्रश्न उठाएको छ ।

बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्र प्रसाद गौतमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए । तर, सरकारमा गएको एक वर्षसम्म लेखा समितिको सभापति कांग्रेसले नछाडेको भनी प्रश्न गरे ।

‘आफैँ काम गर्ने, आफैँ अनुगमन गर्ने, आफैँ परीक्षण गर्ने हो ? लोकतन्त्रमा यही हुन्छ ? यसमा सभामुखको पनि ध्यान पुगेको देखिन्न,’ उनले भने ।

आफ्नो समेत ध्यानाकर्षण गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − five =