उपसभामुखकाे निर्वाचन प्रक्रिया शुरू, गठबन्धनकाे तर्फबाट मनाेनयन दर्ता गराउँदै पुष्पा भुसाल (तस्बिरहरू)

काठमाडाैँ । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनकाे प्रक्रिया शुरू हुँदैछ । संसद् सचिवालयकाअनुसार मनाेनयन दर्ताकाे समय शुरू भइसकेकाे छ । सचिवालयकाअनुसार बिहान ११ बजेदेखि दिउँसाे १ बजेसम्म मनाेनयन दर्ताकाे समय रहनेछ ।

मनाेनयनपछि आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ । मतदान भने शुक्रबार दिउँसो ३ बजेदेखि शुरू हुनेछ ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले २०७६ माघ ६ गते पदबाट राजीनामा दिएयता उक्त पद रिक्त छ ।

सत्तारुढ गठबन्धनकाे तर्फबाट कांग्रेसकी पुष्पा भुसालले मनाेनयन दर्ता गराउने पक्का भइसकेकाे छ । उनी अहिले त्यहाँ पुगिसकेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *