कांग्रेस केन्द्रीय समितिमा जवाफ दिँदै मन्त्रीहरू

काठमाडौँ । नेपाली कांग्रेसबाट मन्त्री भएकाहरूले सरकारमा भएका कामबारे आज पार्टी बैठकमा जवाफ दिने भएका छन् । जारी केन्द्रीय समिति बैठकमा पार्टीका मन्त्रीले गरेको कामको विवरण माग भएपछि देउवाले मन्त्रीहरूलाई जवाफ दिन निर्देशन दिएका हुन् ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु हुनेछ । केन्द्रीय सदस्यहरूले बैठकमा सरकारमा रहेका मन्त्रीहरूले अहिलेसम्म के-के काम गरे जानकारी चाहियो भनेका थिए । ‘पार्टीबाट सरकारमा मन्त्री भएकाहरूले आज जवाफ दिनुहुनेछ,’ केन्द्रीय सदस्य रामहरि खतिवडाले भने, ‘आज मन्त्री र पदाधिकारीले जवाफ दिनुहुनेछ ।’

नेता प्रकाशमान सिंहले जनताले सरकारले गरेको कामको सन्तोषजनक अनुभूति गर्न नसकेको बताएपछि देउवाले मन्त्रीहरूलाई जवाफ दिन निर्देशन दिएका थिए । आज मन्त्रीसँगै पदाधिकारी र केही नेताले बोल्ने कार्यसूची छ । गत सोमबारदेखि कांग्रेसले चुनावी समीक्षा र विविध प्रस्तावमाथि केन्द्रित रहेर छलफल गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + six =