माओवादी अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाने

काठमाडाैँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका लागि निस्किने भएका छन् । उनी सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड भोलि भारत भ्रमणका लागि निस्किने भएका हुन् ।

उनको सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रचण्डको भेटवार्ताको चाजोपाँजो मिलाइँदैछ । यस भ्रमणबारे दुवै पक्षले औपचारिक जानकारी भने गराएकाे छैन ।

प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा पनि दिल्लीमै छिन् । उनका छोरा जयवीर देउवा पनि दिल्ली भ्रमणमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =