राष्ट्रियता निकै कमजोर छ, संविधानतः अगाडि बढ्नुपर्छ : नेता खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको राष्ट्रियतालाई सुदृढ ढङ्गले अघि बढाउनुपर्ने बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा खनालले अहिले मुलुकको राष्ट्रियता निकै कमजोर रहेको भन्दै सुदृढ ढङ्गले अघि बढाउनुपर्ने सबैको दायित्व भएको बताएका हुन् । उनले संविधान अनुसार नै मूलकलाई समाजवादको दिशातर्फ अघि बढाउनुपर्ने बताए ।

मुलुकमा लोकतान्त्रिक क्रान्ति संविधान सम्पन्न भइसकेको अवस्थामा समाजवादका दिशातर्फ अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

उनले समाजवादले मात्रै सबै समस्याहरू समाधान हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *