गर्भनरको बोलीमा लगाम लगाउने गरी रुलिङ गर्न कांग्रेसकाे सभामुखसँग माग

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठाएको छ । नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर सार्वजनिक रूपमा बोलेको भन्दै कांग्रेसले अधिकारीमाथि प्रश्न उठाएको हो ।

बुधवार प्रतिनिधिसभामा विशेष समय लिएर कांग्रेसका तर्फबाट सांसद मीनबहादुर विश्वकर्माले गभर्नरको बोलीमा लगाम लगाउने गरी रुलिङ गर्न सभामुख अग्नि प्रसाद सापकोटालाई आग्रह समेत गरेका छन् । उनले गभर्नर अधिकारी कुनै पार्टीको सल्लाहकार भएको समेत उल्लेख गरेका छन्

‘नेपालको आर्थिक अवस्था जटिल बन्दैछ भनिरहेका छन् । गभर्नरले नै नेपाल कुनै दिन जाँदैछ भन्दै छन् गभर्नरजस्तो जिम्मेवार व्यक्तिले कुनै एउटा पार्टीको सल्लाहकार भएर’, उनले भने ।
श्रीलंकालाई अप्ठ्यारो परेको बेला उसलाई गिज्याउने गरी कसैले पनि बोल्न नहुने उनको भनाई छ ।

गभर्नरमाथि विश्वकर्माले थप प्रश्न उठाए, ‘यो सरकारलाई सहयोग गर्नुपर्नेमा निरन्तर सार्वजनिक कार्यक्रमहरूमार्फत श्रीलंका हुन्छ, अब टाट पल्टिन्छ भनेर रियल स्टेट कारोबारीहरूलाई निषेध गर्ने निजी क्षेत्रलाई हतोत्साही गर्ने सियर मार्केटमा जहिले पनि निषेध र बन्द भनेर लाखौँ मानिसहरूलाई अत्याउने काम बन्द गरिनुपर्छ । अन्यथा जनताहरूले आवाज उठाउनुपर्ने हुन्छ र सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्छ ।’

उनले थपे, ‘गभर्नर जस्तो जिम्मेवार व्यक्तिलाई यस्तो नबोल्न र नागरिकलाई आतंकित नगराउन रुलिङ हुनुपर्दछ भन्ने माग गर्दछु ।’

भूकम्प गएको बेलामा सडकमा भूकम्प आयो भूकम्प आयो भन्दा नागरिकहरूलाई थुन्ने गरिएको उल्लेख गर्दै उनले गभर्नरले पनि अहिले जनतालाई आतंकति पर्दा राज्य चुप लागेर बस्न नहुने बताए । ‘मुलुकको जिम्मेवार व्यक्तिले आम नागरिक र व्यावसायीहरुलाई आतंकित गरिराखेका छन् । राज्यकै तर्फबाट जिम्मेवार व्यक्तिले आतंक मच्चाउन बन्द गर्नुपर्छ’ उनले भने ।

सांसद विश्वकर्माले पटक पटक सभामुखसँग गभर्नरको बोलीमा लगाम लगाउने गरी रुलिङ गर्न माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =