काँग्रेस केन्द्रीय समिति बैठक आज पनि

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । सोमबारदेखि जारी बैठक आज पनि बस्ने भएको हाे ।
पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, सानेपामा जारी बैठकको दोस्रो दिन मंगलबार सह महामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका थिए ।
मंगलबारको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू- चित्रलेखा यादव, उमा रेग्मी, जीपछिरिङ लामा, पदमनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, रमेश लेखक, अमृत अर्याल, कर्णबहादुर बुढा, डा गोपाल दहित, योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उमेशजंग रायमाझी, उदयशम्शेर राणा, जीतजंग बस्नेत, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, दिलमान पाख्रिन, महेन्द्रकुमारी लिम्बू, रामहरि खतिवडा, सरस्वती वजिमय, प्रकाश रसाइली स्नेही, रंगमती शाही, कुन्दनराज काफ्ले, प्राडा गोविन्दराज पोखरेल, नानु बास्तोला र सुशीला थिङले आआफ्नो धारणा राखेका थिए ।
पार्टीमा स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ संघ संगठनको विधानसहित विविध विषयमा छलफल भइरहेको छ । काँग्रेसले दुई दिनको बैठकमा गठबन्धनको समीक्षासहित हिजो काँग्रेस नेताहरूको मर्यादाक्रम प्रस्ताव सार्वजनिक गरेको छ ।








