कति र कस्ताे बन्याे कविकुञ्ज ?

काठमाडाैँ । कविकुञ्ज अर्थात् महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे घर  निर्माणकाे कार्य अन्तिम चरणमा आइपुगेकाे छ । विवादका बीच भत्काएर पुन:निर्माण थालिएकाे कविकुञ्जलाई सङ्ग्रहालयकाे रूपमा विकास गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानकाे तयारी छ ।

निर्माणाधीन कविकुञ्ज । तस्बिर : मकालुखबर ।

कविकुञ्जकाे मुख्य संरचना माेटमाेटी तयार भइसकेकाे छ भने त्यसकाे आन्तरिक तथा अन्य सजावटका कामहरू जारी छन् । ७ करोड ११ लाख ७२ हजारमा बीकेओआई एमके जोइन्ट भेन्चरले ठेक्का लिएकाे कविकुञ्ज अब चाँडै उद्घाटन हुने प्रतिष्ठानले जनाएकाे छ ।

निर्माण हुने संरचनाहरूका लागि १२ आना क्षेत्रफलकाे जग्गा उपलब्ध छ । जसमा कविकुञ्जसँगै बगैंचा, प्रतीक्षालय, श्रव्यदृश्य कक्ष, शालिकलगायत छन् । सङ्ग्रहालयकाे पहिलाे तल्लामा महाकविले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध सामाग्रीहरूकाे सङ्ग्रह गरिने छ ।

यस्तै दोस्रो तल्लामा उनका प्रकाशित-अप्रकाशित र पाण्डुलिपिहरू सङ्ग्रह गरिने र तेस्रो तल्लामा परामर्श कक्ष/बैठक कक्ष रहने प्रतिष्ठानले जनाएकाे छ ।

♦ सम्बन्धित समाचाहरू:
   कवि-कुञ्ज : नभत्काई जोगाउन सम्भव थियो ?
   प्राज्ञले सम्पदा चिन्दैनन् भने अरुबाट के आशा गर्ने ?
   प्रज्ञालाई प्रश्नै प्रश्न !
   ‘कविकुञ्ज’लाई सङ्ग्रहालय बनाउन खुल्याे बाटो, महाकवि देवकोटाको परिवारले बुझायो चाबी
   कविकुञ्ज भत्काउन शुरु, देवकोटा सङ्ग्रहालय बनाइने (तस्बिरहरू)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *