कविकुञ्ज भत्काउन शुरु, देवकोटा सङ्ग्रहालय बनाइने (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको मैतिदवी शास्त्रीमार्गमा रहेकाे महाकवि लक्ष्मीप्रसाद देवकोटाको निजी निवास ‘कवि कुञ्ज’ भत्काउन थालिएको छ ।  ‘देवकोटा संग्रहालय’ निर्माणका लागि महाकवि देवकोटाको निजी निवास भत्काउन थालिएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ सालको देवकोटा जयन्तीका अवसरमा घोषणा गरेको उक्त संग्रहालय निर्माणको काम चाँडै शुरु हुनेगरी पुरानो भवनलाई भत्काउने काम शुरु गरिएको महाकविका छोरा पद्मप्रसादले मकालुखबरलाई जानकारी दिए ।

महाकविको सम्मानमा संग्रहालय बन्नु खुसीको कुरा भएपनि महाकवि र आफू पनि जन्मे हुर्केको घर भत्काउँदा दु:ख लाग्ने गरेको उनले बताए ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *