माइतीघरमा जनपक्षिय ट्रेड युनियनको प्रदर्शन, बालेनलाई श्री ३ को संज्ञा

काठमाडौं । जनपक्षिय ट्रेड युनियन महासंघले माइतीघरमा सरकार विरुद्ध प्रदर्शन गरेको छ ।

महासंघले गणेश नेपालीलाई आत्मदाहको गर्ने परिस्थिति राज्यले पुर्‍याएको भन्दै शनिबार विरोध प्रदर्शन गरेको हो । युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्‍यायो ? भन्ने व्यानरसहित आन्दोलनमा सहभागीहरुले वर्तमान सरकारलाई श्री ३ को संज्ञा दिएका छन् ।

प्रदर्शनकारीहरुले युवाहरुलाई आत्मदाह गर्ने बाध्यता होईन, रोजगार देउ ?, बालेन, रवि, स्वर्णिम बराबर ओली, देउवा, प्रचण्ड, गणेश नेपालीको हत्यारा सरकार – मुर्दावाद, युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्‍यायो ? श्री ३ बालेन, रवि, स्वर्णिम सरकारले लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 16 =