‘कविकुञ्ज’लाई सङ्ग्रहालय बनाउन खुल्याे बाटो, महाकवि देवकोटाको परिवारले बुझायो चाबी

पुस २, काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’लाई सङ्ग्रहालय बनाउने बाटो खुलेको छ ।   

देवकोटाको घर ‘कविकुञ्ज’ र ‘कविकुञ्ज’ले चर्चेको जग्गा समेत १२ आना १ दाम नेपाल प्रज्ञा–प्रतिष्ठानको नाममा आएपछि कविकुञ्जलाई सङ्ग्रहालय बनाउने बाटो खुलेको हाे ।   

नेपाल सरकारको निर्णयअनुसार मैतीदेवी, शास्त्रीमार्गस्थित देवकोटाको घर र घरकाे दाम नेपाल प्रज्ञा–प्रतिष्ठानको नाममा आएको छ ।   

null

गत मङ्सिर ३० गते प्रज्ञा भवनमा पत्रकार सममेलनमा देवकोटाको परिवारबाट प्रज्ञा–प्रतिष्ठानले कविकुञ्ज दिन २ करोड ५० लाखमा खरिद गरिएकाे जानकारी गराइएको थियो । 

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायको नेतृत्वमा प्राज्ञ परिषद्का सदस्यहरूद्वारा कविकुञ्जको स्थलगत अवलोकनका साथै देवकोटा परिवारबाट कविकुञ्जको तालाचाबी बुझेका छन् । तालाचाबी बुझ्ने क्रममा उपाध्यायले अब चाँडै डिपिआर गरी सङ्ग्रहालय निर्माणको कार्य प्रारम्भ गरिने बताए ।   

तालाचाबी बुझाउने क्रममा देवकोटाकी छोरी अम्बिकादेवी रिमालले पिता महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा सङ्ग्रहालय बनाएर नेपाल सरकारले नेपाली वाङ्मय जगत्कै लागि अत्यन्त महत्वपूर्ण काम गर्न लागेको बताइन् ।   

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि देवकोटाको ११० औँ जन्मजयन्तीका अवसरमा गत वर्ष महाकवि देवकोटाको निवास कविकुञ्जलाई सङ्ग्रहालय बनाइने घोषणा गरेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *