ओलीकाे टिप्पणी- गठबन्धन देशका लागि ‘मृत’ भइसक्याे, याे रहिरह्याे भने हैजा फैलाउँछ

काठमाडाैँ । नेकपा [एमाले] का अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय सत्तारुढ गठबन्धन देशका लागि ‘मृत’ भइसकेकाे टिप्पणी गरेका छन् । साेमबार पत्रकारहरूसँग सवाल-जवाफ गर्दै उनले यस्ताे बताएका हुन् । ‘गठबन्धन चलेन, काम लागेन भन्ने कुरा स्पष्ट भइसक्याे,’ उनले भने, ‘अब यही गठबन्धनलाई, सरकारलाई बाेकेर हिँड्नु भूल हुन्छ । उपयुक्त हुँदैन ।’

गठबन्धन देशका लागि हानिकारक भएकाे उनकाे टिप्पणी छ । ‘याे गठबन्धनले हैँजा फैलाउँछ । समाजलाई हानी गर्छ । यसकाे प्रयाेजन सकियाे । मृत चिज लिएर हिँड्नु हुँदैन,’ उनले भनेका छन् ।

‘देशमा बढी झगडियाहरू छन्’

ओलीले देश झगडियाहरूकाे अखडा भएकाे पनि बताएका छन् । ‘संसद्‌मा जनताका समस्या उठाउन आउँदैनन्, झगडा गर्न आउँछन्,’ उनले भनेका छन् ।

उनले त्यसअघि भने— ‘काेही अदालत सनाखत गर्न पुग्छन् । काेही लाइन लागेर राष्ट्रपति भवन पुग्छन् । काेही निर्वाचन आयाेग पुग्छन् । याे देश त कस्ताे भयाे भने पूरै झगडियाहरूकाे अखडा भयाे ।’

उनले आफू प्रधानमन्त्री हुँदा मुद्दामामिलाकै लागि झन्डै ५५ हजारभन्दा बढी हस्ताक्षर गरेकाे सुनाए, भने— ‘मेराे हातमा ठेलै उठेकाे थियाे । याे देश त पूरै झगडिया भयाे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =