काठमाडाैँ । नेकपा [एमाले] का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार बेलगाम भएकाे बताएका छन् । साेमबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् । ‘भ्रष्टाचारकाे त कुरै नगराैँ । याे बेलगाम छ,’ ओलीले भनेका छन् ।
उनले आफूहरूलाई सरकार कसले चलाउँछ भन्नेबारे राम्राे जानकारी रहेकाे पनि बताएका छन् । ‘सरकार कसले चलाउँछ याे दुनियाँलाई थाहा छ । यतातिर म जान्नँ । सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ, दिदीले चलाउनुहुन्छ कि भाइले चलाउँछ । प्रधानमन्त्री जाे हुँदा पनि रियल पावर मै हुँ भन्नेले चलाउँछ कि याे दुनियाँलाई थाहा छ,’ ओलीले भनेका छन् ।
यस्तै उनले अहिलेकाे सरकारले समूहगत स्वार्थका लागि काम गरेकाे आराेप लगाए ।









