याेगेश भन्छन्- संवैधानिक परिषद्सम्बन्धी विधेयक सरकारले तत्काल फिर्ता लिनुपर्छ

काठमाडाैँ । नेकपा [एमाले]का सचिव याेगेशकुमार भट्टराईले संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । ‘सार्वभाैमसत्ता सम्पन्न जनताका प्रतिनिधिहरूले राष्ट्रिय सहमतिको रूपमा जारी गरेको नेपालको संविधानकाे अक्षर र भावनाविपरीत  सरकारले हालै राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयककाे विराेध गर्दछु । तत्काल फिर्ता लिन माग गर्दछु,’ उनले भनेका छन् ।

सत्तामा बस्नेहरूले आफ्नोअनुकूल संविधान भत्काउन नहुने उल्लेख गर्दै उनले भनेका छन्, ‘बरु संविधानअनुकूल चल्ने र  संविधानकाे रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्नु हुँदैन ।’

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रिय सभामा पेश गरिसकेकाे छ । यसअघि केपी शर्मा ओली नेतृत्वकाे सरकारले पनि यही प्रकृतिकाे अध्यादेश ल्याएर कार्यान्वयन नै गरेकाे थियाे । जसकाे अहिले सर्वत्र आलाेचना भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =