ओलीले अध्यादेशमार्फत् ल्याएको र हामीले विराेध गरेकाे प्रावधान नै ल्याउन खाेज्नु नैतिक र उपयुक्त हुँदैन : नारायणकाजी
२०७९ असार २७ गते

फाइल फोटो
काठमाडाैँ । नेकपा [माओवादी केन्द्र] का नेता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउन खाेज्नु अनैतिक र अनुपयुक्त हुने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक परिषद (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता गराएका छन् । नेता श्रेष्ठकाे यसकाे विराेध गरेका हुन् । ‘संवैधानिक परिषद् ऐन संशोधन विधेयकको हकमा पनि तत्कालीन प्रम केपी ओलीले अध्यादेशमार्फत् ल्याएको र हामी सबैल विराेध गरेको प्रावधान नै ल्याउन खोज्नु नैतिक र उपयुक्त हुन सक्दैन,’ उनले भनेका छन् ।
२०७९ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित








